
काठमाडौँ । पाकिस्तानले बंगलादेशमाथि शानदार जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
बंगलादेशले दिएको २०५ रनको लक्ष्य पछाएको पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि बंगलादेशले टस जितेर पहिला ब्याटिंग गर्दै ४५.१ ओभरमा अल आउट हुदै २०४ रन बनाएको थियो ।
यो यस विश्वकपमा पाकिस्तानको तेस्रो जित हो । पाकिस्तानको ७ खेलपछि ६ अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।
त्य्सतिअग्री बंगलादेशले भने छैटौं हार बेहोरेको छ । यो हारसँगै बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएको छ । बंगलादेशको ७ खेलमा २ अंक मात्र रहेको छ ।
अब पाकिस्तानले नोभेम्बर ४ मा न्यूजील्याण्ड र नोभेम्बर ११ मा ईङल्याण्डको सामना गर्दै छ । त्यस्तै बंगलादेशलेनोभेम्बर ६ मा श्रीलंका र ११ नोभेम्बरमा अस्ट्रेलियाको सामना गर्ने छ ।