मुख्य समाचार

उत्तरी गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा शक्तिशाली विष्फोट, कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विष्फोटमा परी कैयौं मानिसको मृत्यु भएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विष्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ ।

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यो विष्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन । विष्फोटस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव निकालिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो । संयुक्त राष्ट्रसंघका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीहरूले यहाँ दर्ता गराएका छन् ।

सन् १९४८ को युद्धपछि यहाँ शरणार्थीहरू आएर बस्न थालेका थिए । यो सानो तर सघन जनसंख्या भएको क्षेत्र हो । हमासका अधिकारीहरूले विष्फोटको लागि इजरायललाई जिम्मेवार ठहराए पनि इजरायलले यस सम्बन्धमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *