देश

डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदैछ। नयाँदिल्लीमा सोमबार शुरु भएको डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठकले नयाँ निर्देशक चयन गर्न लागेको हो।

यो पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन्। नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद प्रतिस्पर्धा छिन्।

अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन्। उनले दोस्रो कार्यकाल पूरा गर्दैछिन्।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ। यसअन्तर्गत ११ देश सदस्य छन्।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, उत्तर कोरिया, इण्डोनेसिया, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड र टिमोर लिस्टे छन् । तर सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले कारण म्यानमारले मत दिन पाउने छैन।

नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रालयका उच्च अधिकारी बैठकमा भाग लिन नयाँदिल्लीमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *