काठमाडौं – तिहार सुरु हुदै गर्दा बजारमा तिहारका गीतहरु गुञ्जिन थालेका छन्। तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी–भैलो भाकाले पनि । जब देउसी(भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर कलाकारहरुले थुप्रै गीतहरु सार्वजनिक गर्ने गरेका छन्।
यही क्रममा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ुझिलीमिलीु बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।
गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले सपनीमा , मोहनी, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। द भ्वाइस अफ नेपालु का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। झिलीमिली बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल आशिष रायमाझी मार्फत सार्वजनिक गरिएको हो।