देश

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो

काठमाडौं।गोठाटारमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बू पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसअघि २८ जेठमा पनि सिनामंगलमा प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई समातेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *