
काठमाडौं । दशैं, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा एमालेले बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड च्यासल पुगेका छन् । उनीसँगै माओवादी नेताहरु पम्फा भुसाल, अग्नि सापकोटा सरिक भएका छन् ।
चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका एसका सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमारी झाँक्री पनि च्यासल पुगेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल भने सहभागी भएनन् । नेपाल र भुसाल पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन रौतहट र रुपन्देहीमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले पनि च्यासल पुगेका छन् । यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलगायत एमाले मुख्यालय पुगेका छन् ।