सम-सामयिक

संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ ।

संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट