
काठमाडौँ । दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्सम्यान क्वेंटन डिककले जारी क्रिकेट विश्वकपमा चौथो शतक बनाएका छन् ।
जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको न्यूजील्याण्डविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको दक्षिण अफ्रिकाका लागि डिककले १०३ बलमा आफ्नो शतक पुरा गरेका हुन् । यो यस विश्वकपमा उनको यो चौथो शतक हो । डिककले यसअघि श्रीलंकाविरुद्ध १००, अस्ट्रेलियाविरुद्ध १०९ र बंगालदेशविरुद्ध १७४ रन बनाएका थिए । डिकक जारी विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी समेत हुन् ।
यस विश्वकपमा डिककपछि न्यूजील्याण्डका रचिन रविन्द्र र अस्ट्रेलियाले २-२ शतक प्रहार गरेका छन् ।