
काठमाडौँ । दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ३५८ रनको लक्ष्य दिएको छ ।
जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाउदै ३५७ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि क्वेंटन डिकक र रस्सी भान डेर दुस्सेनले शतक बनाएका थिए । डिककले ११४ रन बनाएका थिए भने दुस्सेनले १३३ रन बनाएका थिए । त्यसैगरी डेभिड मिलरले ५३ रन बनाए भने भने कप्तान टेम्बा बभुमाले २४ रन र हेइनरिच क्लासेनले अविजित १५ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर टिम साउथीले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स निशामले एक एक विकेट लिएका थिए ।