खेलकुद

न्यूजील्याण्डमाथि दक्षिण अफ्रिकाको १९० रनको जित

काठमाडौँ । दक्षिण अफ्रिकाले न्यूजील्याण्डमाथि शानदार जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको बुधबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई १९० रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ३५८ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ३५.३ ओभरमा अलआउट हुदै १६७ रन मात्र बनाएपछि खेल १९० रनले हारेको छ ।

यो न्यूजील्याण्डको एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो ठुलो हार हो । यसअघि न्यूजील्याण्ड २००७ मा अस्ट्रेलियासँग २१५ रन अन्तरले पराजित भएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले क्वेंटन डिककको ११४ रन र रस्से भान डेर दुस्सेनको १३३ रनको मद्धतले ५० ओभरमा ४ विकेट गुमाउदै ३५७ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रिका अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाले ७ खेलमा ६ जित र एक हारसँगै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै न्यूजील्याण्डले भने तेस्रो हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा झरेको छ । न्यूजील्याण्डको ७ खेलमा ४ जित र ३ हारसहित ८ अंकसँगै चौथो स्थानमा झरेको छ । न्यूजील्याण्डको यो हारपछि अस्ट्रेलिया अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *