खेलकुद

नेपाललाई चौथो सफलता, सोमपालले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले ओमानविरुद्ध चौथो सफलता हासिल गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमानले खेलको छैटौं ओभरमा चौथो विकेट गुमाएको हो ।

सोमपाल कामीले ओमानका शोयब खानलाई आउट गरेका हुन् । सोमपालको यस खेलमा यो दोस्रो विकेट हो । यस अघि गुलशन झाले पाँचौं ओभरमा ओमानका प्रतिक अथावालेलाई आउट गरेका थिए । नेपालका लागि यसअघि कारण केसीले एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *