
काठमाडौँ । नेपालका तिव्रगतिका बलर सोमपाल कामीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरे गरेका छन् । उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् ।
नेपालको तर्फबाट ५० विकेट पूरा गर्ने उनी चौथो बलर बनेका छन् । सोमपालले ५३ खेलमा आफ्नो ५० विकेट लिएका हुन् ।
यसअघि नेपाली बलर सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहराले ५० विकेट पूरा गरेका थिए ।
सन्दीप लामिछानेले टी-२० मा अहिलेसम्म ४९ खेलमा ९४ विकेट लिएका छन् भने करण केसीले ५३ खेलमा ७६ विकेट लिएका छन् । त्यस्तै अविनाश बोहोराले ४६ खेलमा ६३ विकेट लिएका छन् ।