खेलकुद

ओमानसँगको हारपछि प्रशिक्षक देसाईले के भने ?

काठमाडौँ। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा ब्याट्सम्यानको एप्रोच सहि नभएको टिप्पणी गरेका छन् ।

खेलपछि बोल्दै प्रशिक्षक देसाईले १४६ रनको लक्ष्य चेज गर्न सकिने लक्ष्य भएको बताउदै योजना अनुसार ब्याट्सम्यानहरुको एप्रोच सहि नहुदा हार बेहोर्नुपरेको टिप्पणी गरेका हुन् ।

उनले खेलाडीहरुप्रति विश्वास गर्नुपर्ने बताउदै धर्यता देखाउदै अब सेमिफाइनलमा फोकस गर्नुपर्नेमा जोड दिए । विवेक यादवको ३९ रनको पारीको प्रसंशा गर्दै देसाईले पूर्ण रुपमा क्रिकेट खेल्ने देश निर्माणको अभियानमा विवेक नयाँ खेलाडी जोडिएको बताए ।

दिपेन्द्र सिंह ऐरीको इन्जुरीको बारेमा सामुहिक निर्णय लिने भन्दै अझै निष्कर्षमा नपुगेको बताए ।

देसाईले सोमपाललाई तेस्रो स्थानमा पठाएको बारे बोल्दै नेपाली टिममा ११ खेलाडी नै ब्याट्सम्यान रहेको बताए । ओमानसँगको हारले आफु र खेलाडीका साथै फ्यानहरु पनि खुशी नभएको बताउदै २४ घण्टापछि यसलाई सच्च्याउने अवसर रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *