काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरूको सरुवा गरेको छ।
बिहीबार गृहमन्त्रालयले सूचना प्रकाशित गरी मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहमन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।