
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र नेदरल्याण्डस आमने सामने हुदै छन् । भारतको लखनउस्थित अटल बिहारी बाजपेयी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।
जारि विश्वकपमा अफगानिस्तान अहिलेसम्म खेलेका ६ खेलमध्ये ३ जित र ३ हार बेहोरेदै ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसले खेलेका ६ खेल मध्ये २ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
अफगानिस्तानले इङल्याण्ड, पाकिस्तान र श्रीलंका जस्ता ठुला देशलाई पराजित गरेर यस विश्वकपमा सनसनी मच्चाएको छ भने नेदरल्याण्डसले दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गरेको छ ।
यस विश्वकपका दुई जाइन्ट किलरबीचको यो खेल निकै रोचक हुनसक्ने अनुमान गर्न सकिन्छ । खासगरी सेमिफाइनल दौडको हिसाबले अफगानिस्तानका लागि यो खेल जित्ने पर्ने अवस्था रहेको छ । यो खेल जितेमा अफगानिस्तान सेमिफाइनलको दौडमा कायम रहने छ । त्यस्तै चार खेलमा हार बेहोरेकाले नेदरल्याण्डसको सेमिफाइनलको यात्रा त्यति सहज देखिदैन ।
अफगानिस्तान र नेदरल्याण्डसबीच अहिलेसम्म ९ पटक एकदिवसीय खेलमा सामना भएको छ । जसमा अफगानिस्तानले ७ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेल जितेको छ ।
अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी र नवीन उल हक ।
नेदरल्याण्डसको सम्भावित प्लेइङ ११- स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।