देश

अमेरिकामा परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच भेटवार्ता

काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइटसँग भेटवार्ता भएको छ ।

वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार सो भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा जोड दिइयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *