खेलकुद

नेपालले युएईविरुद्ध १३५ रन बनाए विश्वकप खेल्ने पक्का

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मूलपानी स्टेडियममा भएको खेलमा युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको हो ।

भृत्या अरविन्दले अर्धशतकीय इनिङ्स खेले । उनले ५० बलमा आठ चौका र दुई छक्कासहित ६४ रन बनाए । भृत्यालाई कुशल मल्लले गुल्शन झाबाट क्याच गराएका हुन् ।

कप्तान मुहम्मद वासिमले २६, अलिशान सराफुले १६, आसिफ खानले १३ रन बनाए । नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए ।

तेस्रो ओभरमा नेपालले युएईका दुई ओपनरको विकेट लिएको थियो । ३.१ ओभरमा सोमपाल कामीले ओपनर खालिद शाहलाई रन आउट गराएका थिए। ओपनर खालिद चार बलमा तीन रन बनाएर आउट भएका थिए ।

३.४ ओभरमा कप्तान तथा ओपनर मोहम्मद वासिम आउट भए । १६ बलमा २७ रन बनाएर वासिमलाई सोमपालले करण केसीको हातबाट क्याच आउट गराएका थिए ।

घाइते भएपछि दुई खेल बाहिर रहेका दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । दीपेन्द्र फर्किँदा सन्दीप जोरा बाहिरिएका छन् । आज नेपालले युएईलाई जितेमा फाइनल खेल्दै विश्वकपमा छनोट हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *