
स्याङ्जा । पर्वत जिल्लाको बिहादी गाउँपालिकाबाट सेतिबेनीमा कालीगण्डकी नदिमा नुहाउन गएका एकै परिवारका चार जनालाई कालीगण्डकी नदिले बगाएको छ । कालीगण्डकीले परिवारका चार जनालाई बगाउँदा एक जनाको ज्यान गएको छ ।
तीन जिल्लाको संगमस्थल सेतिबेनीमा शिला दर्शन गर्ने क्रममा बच्चालाई नदिले बगाएपछि बच्चालाई बचाउन गएकी २५ बर्षीया आमा रितु भट्टराईको मृत्यु भएको छ भने चार बर्षीय बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए ।
बच्चालाई नदिले बगाए लगत्तै उद्दार गर्न पुगेकी आमाको घटनास्थलमै मृत्यु भएको थियो भने बच्चाका बुवा र बच्चाका सानीआमालाई तत्कालै उद्दार गरिएको प्रहरीले जनाएको छ । बच्चाका बुबा र सानीआमाको अवस्था सामान्य छ भने बच्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।