राजनीति

सरकारका कारण वर्षे अधिवेशन उपलब्धीमूलक हुन सकेन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्षे अधिवेशन उपलब्धीमूलक
नहुनुमा मुख्य कारण सरकार भएको बताएका छन् ।

सरकारले अघिल्लो अधिवेशनमा पेश गरिएको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा ल्याउन नसक्दा अधिवेशन फलदायिक बन्न नसकेको उनले बताए । अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुले आफैँले प्रस्तुत गरेको विधेयकसमेत अपवाद बाहेक चासो समेत नलिएको उनको गुुनासो रहेको छ ।

सरकारले यो वर्ष संसदमा कम विद्येय लिएर आएको उनले बताए । प्रधानमन्त्रीले, मन्त्रीले बोलेका विद्येक समेत यो अधिवेशनमा नआएको उल्लेख गरे । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अतिआवश्यक विधेयक समेत सरकारले संसदमा नल्याएको उनले बताए । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरु ल्याउनका लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नसकेको गुनासो गरेका छन् ।

‘ समयमा विभिन्न विद्येक संसदमा नआएका कारण छलफलका लागि विषय नभएर बेला–बेला संसद स्थगित गर्नुपरेको समेत उनको भनाइ छ । सरकारले विधेयकहरु ल्याउन नसकेका कारण संसद प्रभावकारी हुन नसकेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *