देश

भुकम्प प्रभावित क्षेत्रमा तत्काल सेवा सुचारु गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काटमाडाौं । सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भुकम्पबाट प्रभावित क्षेत्रमा तत्काले सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएकी छन् । मन्त्री शर्माले भुकम्पबाट भएको क्षेतीको तत्काल अध्यन गरी सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।

गए राति जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भुकम्प गएपछि रुकुम पश्चिम र जाजरकोट लगायत क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन सेवा रोकिंदा घाइतेको उद्धारमा कठिनाई भएको जनाइएको छ । टेलिफोन सेवा रोकिएपछि घटनाको विवरण संकलनमा पनि प्रभाव पारेको जाजरकोट प्रमुख जिल्ला अधिकारी सुरेश सुनारजानकारी दिए ।

गए राति ११ बजेर ४७ मिनेटमा गएको भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएका छन् भने सयौंको संख्यामा घाइते भएका छन् । हाल नेपाली सेना नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा उद्धार भइरहेको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *