देश

सुदूरपश्चिम सरकारद्वारा एक करोड रुपैयाँ सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा गरेको हो ।


मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड र स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट