देश

भूकम्प प्रभावितलाई उद्धार गर्न लुम्बिनीबाट स्वास्थ्यकर्मी खटाइयो

तुलसीपुर (दाङ) । भूकम्प प्रभावितलाई उपचार गर्न लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी खटाएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाइएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

औषधी तथा स्वास्थ्य सामग्रीसहितको टोलीलाई आज बिहान पठाइएको उनले बताए ।

मास्कीका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग समन्वय गरी २० जनाको टोलीलाई पश्चिम रुकुमको सल्ले अस्पताल पठाइएको हो । साथै उद्धार तथा समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली त्यसतर्फ जाने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *