देश

भूकम्पपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । जाजरकोटलाई केन्द्र विन्दु बनाएर भूकम्प गएर जनधनको क्षति पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी दिए ।

उक्त बैठकले भूकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्नेछ ।

प्रधानमन्त्री प्रचण्डले शनिवार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *