खेलकुद

न्यूजील्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको लक्ष्य

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानलाई ४०२ रनको लक्ष्य दिएको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ४०१ रन बनाएको हो ।

न्यूजील्याण्डका लागि रचिन रविन्द्रले १०८ रनको शतकीय पारी खेलेका थिए । रविन्द्रको यस विश्वकपमा यो तेस्रो शतक हो । साथै एकदिवसीय क्रिकेटमा पनि २० खेलमा उनको यो तेस्रो शतक हो । रविन्द्रले यस विश्वकपमा इङल्याण्डविरुद्ध १२३ रन बनाएका थिए भने अस्ट्रेलियाविरुद्ध ११६ रन बनाएका थिए ।

त्यसैगरी इन्जुरीबाट कमब्याक गरेका कप्तान केन विलियम्सनले ९५ रन बनाएका थिए । त्यस्तै ग्लेन फिलिपले ४१, मार्क चापम्यानले ३९, डेभोन कोनवेले ३५, डार्यल मिचेलले २९ र मिचेल सान्टनरले अविजित २६ रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलरमोहमद वासिमले ३ विकेट लिएका थिए भने हसन अली, इफ्तिखर अहमद र हरिस राउफले एक एक विकेट लिएका थिए ।

जारी क्रिकेट विश्वकपमा सेमिफाइनलको दौडका लागि न्युजील्याण्ड र पाकिस्तान दुवैलाई यो जित अत्यावश्यक रहेको छ । न्यूजील्याण्डको ७ खेलमा ८ अंक छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानको ७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *