राजनीति

नेविसंघले भूकम्प पीडितको सहायताका लागि सात लाख सहयोग गर्ने

काठमाडौं। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्प पीडितहरुको सहायताका लागि सात लाख सहयोग गर्ने घोषणा गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका सात सय तीन केन्द्रीय सदस्यबाट एक हजारका दरले उठाएर सहयोग गर्ने बताए ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार पुनर्स्थापना र राहतमा केन्द्रीत हुनका लागि नेविसंघले २१ र २२ गतेका लागि तय गरेको पदस्थापना कार्यक्रम स्थगित गरेको अध्यक्ष शेर्पाले बताए । साथै, अध्यक्ष शेर्पाले भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि जुट्न समेत मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी हालसम्म एक सय ३८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम पश्चिममा गरी कूल एक सय ६६ जना घाईतेहरु रहेका छन् । घाईतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *