
काठमाडौ । नागरिक उड्डयन प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप एक करोड उपलब्ध गराउने भएको छ । प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड जम्मा गर्नुका साथै नेपालगंज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरेको छ ।