खेलकुद

क्रिकेट विश्वकपमा आज श्रीलंका र बंगलादेश खेल्दै

काठमाडौँ । जारी क्रिकेट विश्वकपमा आज बंगलादेश र श्रीलंकाबीच खेल हुदैछ । दिल्लीस्थित अरुण जेटली क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदैछ ।

यस विश्वकपमा श्रीलंका सेमिफाइनलको दौडबाट लगभग बाहिरिएको छ भने बंगलादेश बाहिरीइसकेको छ । श्रीलंकाको ७ खेलमा २ जित र ५ खेलमा हारसहित ४ अंक रहेको छ । त्यस्तै बंगलादेशले भने ७ मध्ये ६ खेलमा हार बेहोरेको छ ।

यो खेलपछि श्रीलंकाले आफ्नो अन्तिम खेल न्यूजील्याण्डसँग खेल्ने छ भने बंगालदेशले अस्ट्रेलियासँग खेल्ने छ ।

यस खेलको नतिजाले सेमिफाइनलको दौडमा खासै असर गर्ने देखिदैन । अहिलेसम्म भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् भने अस्ट्रेलिया पनि सेमिफाइनलको नजिक रहेको छ ।

त्यस्तै अर्को एक स्थानका लागि न्यूजील्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

श्रीलंका र बंगलादेशबीच अहिलेसम्म ५३ एकदिवसीय खेल भएका छन् । जसमा श्रीलंकाले ४२ खेल जितेको छ भने बंगलादेशले ९ खेलमा जित हासिल गरेको छ । त्यसैगरी २ खेलको नतिजा आएको थिएन ।

श्रीलंकाको सम्भावित प्लेइङ ११- कुसल मेन्डिस (कप्तान), दिमुथ करुनारत्ने, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, दुशान हेमान्था, एन्गोलो म्याथ्युस, महीश थिकक्षना, कसुना रजिथा, दुशमन्थ चामीरा र दिलशान मधुशानका ।

बंगलादेशको सम्भावित प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, मधुमुल्लाह, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *