
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग गोल रहित बराबरीमा रोकिएको हो ।
यस सिजनमा रियल म्याड्रिडको यो दोस्रो बराबरी खेल हो । यो बराबरीपछि रियल म्याड्रिडको १२ खेलमा २९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी रायो भल्लेकानोको १२ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।