देश

क्रिकेट खेल्ने क्रममा रन लिन दौडिँदा वीरगन्जका मेयर राजेशमानले भाँचे हात

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको हात भाँचिएको छ । शनिवार भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न क्रममा नगर प्रमुख सिंहको हात भाँचिएको हो ।

नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीचको मैत्रीपूर्ण प्रतियोगितामा ब्याटिङ गर्ने क्रममा लडेर प्रमुख सिंहको हात भाँचिएको हो । सिंहको सचिवालयले उनको दाहिने हात भाँचिएको जनाएको छ । रन लिने क्रममा हात भाँचिएपछि उनको नारायणी अस्पतालमा उपचार भएको थियो ।

मधुमेह र उच्च रक्तचापबाट समेत ग्रसित रहेका सिंहको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लागिएको छ । काठमाडौँमा उनको शल्यक्रिया हुने सचिवालयले जनाएको छ ।

हात भाँचिए पनि प्रमुख सिंहले वीरगञ्जमा आयोजित रक्तदान र प्रथम वीरगञ्ज गोल्डकपको उद्घाटन समारोहमा समेत सहभागिता जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *