देश

भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

अछाम ।भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् ।

जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *