देश

जाजरकोटको रामिडाँडामा अर्को शक्तिशाली परकम्प

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट रामिडाँडामा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएकाे भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।

भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो । गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *