काठमाडौं । जाजरकोट भूकम्पमा परी घाइते भएका ८ जनाको अवस्था गम्भीर रहेको छ । गृह मन्त्रालयका अनुसार गम्भीरमध्ये ६ जनाको भेरी अस्पताल, एक जनाको प्रदेश अस्पताल सुर्खेत र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
सोमबार साँझ ५ बजे सम्मको रिर्पोट अनुसार भूकम्पमा परी १५३ जनाको मृत्यु र ३४० जना घाइते भएका थिए । तीमध्ये २४६ जना डिस्चार्ज भएर घर गएका भने बाँकी घाइतेको भेरी, मेडिकल कलेज कोहलपुर, प्रदेश अस्पताल सुर्खेत, शिक्षण अस्पताल काठमाडौँ र सम्बन्धित जिल्लामा उपचार भइरहेको तथ्याङले जनाएको छ ।
शुक्रबार राति जाजरकोटको रामिडाँडामा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जाँदा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला, सल्यानसहित आसपासका ८ जिल्ला प्रभावित बन्न पुगेका छन् ।अहिले भूकम्प प्रभावित जिल्लामा राहत वितरण र उद्धारको काम भइरहेको छ ।