सम-सामयिक

बागमती प्रदेश मन्त्रीका पीएसओ झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत अवस्थामा भेटिएका छन् ।

मन्त्री दुलालको अंगरक्षकको रुपमा काम गर्दै आएका ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालका अनुसार आज (मंगलबार) बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *