देश

फेरि दुई साता धकेलियो कांग्रेसको महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक पुनः दुई सातापछि धकेलिएको छ । कांग्रेसले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो ।

कांग्रेसले सुरुमा मंसिर १३ देखि १५ मा महासमिति बैठक गर्ने निर्णय गरेको थियोे । भूकम्पपछि कार्यसम्पादन समिति बैठकले मंसिर २९ देखि पुस २ सम्म गर्ने निर्णय गरेको थियोे । फेरि अहिले पुस १६ गते गर्ने निर्णय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *