समाचार

काठमाडौंको असन–इन्द्रचोकमा तिहार नजिकिएसगैँ किनमेल गर्नेको भिडभाड (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँ सकिएसंगै दास्रो ठूलो चाड तिहार नेपालीहरुको घर आगनमा आइसकेको छ । तिहार नजिकिएसँगै नेपालीहरुको मनमा तिहारको आगमणले छाईसकेको छ । अहिले बजारमा तिहारका लागि चाहिने आवश्यक सामाग्रीहरुको विक्रिवितरण गर्नेको भिडभाड बढिसकेको छ ।

काठमाडौंको असन –इन्द्रचोक क्षेत्रमा देखिएकाे मानिसहरूको भीडले बत्तिको पर्व झिलिमिलीकाे आवास गराएको छ । तिहारको लागि चाहिने पूजा सामाग्री, भाडाँका साथै सजावटका सामान र दिदी बहिनी तथा दाजुभाइका लागि कोशेली किन्नको लागि आउने मानिसहरूको भीड दैनिक बढिरहेको छ । यही शनिबारदेखि तिहार सुरु हुँदैछ । तिहारमा भाइमसला, टीका, पूजा सामाग्री लगायत अन्य वस्तु किन्नको लागि मानिसहरू बजारमा मानिसहरु व्यस्त देखिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *