
काठमाडौं । भारतले अन्तराष्ट्रिय मान्यता विपरीत दशजा क्षेत्रमा सडक कालोपत्रे गरेको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा नेपाल–भारत सीमाको ७ नम्बर पिल्लर भएको ठाउँमा अन्तर्राष्ट्रिय सिमास्तम्भसम्म भारततर्फ कालोपत्रे सडक गरेको हो । यो नेपालका लागि निकै पिडाको विषय हो । भारतीय पक्षले नेपाललाई विगतदेखी नै पेल्दै आएको छ । कतिपय नेपाली भूमी भारतले कब्जा गरिसकेको छ ।
दशगजाको नेपालतर्फ उबडखाबड बाटोमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा कुनै संरचना बनाउन नपाउने बताउँदै आएको छ । दशगजा क्षेत्रमा भारततर्फ बनेको कालोपत्रे सडक हालै भारतले मर्मत गरेको छ।
‘ भीमदत्त नगरपालिका– ११ का अध्यक्ष प्रकाश थापाले त्यहाँ पहिलेदेखि नै कालोपत्रे सडक भएको र भारतीय पक्षले सो सडकलाई अहिले फराकिलो बनाएको बताए । उनका अनुसार ‘दशगजासम्मै भारतले कालोपत्रे सडक बनाएको छ भने नेपालतर्फ ग्राबेल गर्न दिएको छैन् । ३ मिटर चौडा रहेको कालोपत्रे सडक अहिले फराकिलो बनाएर ४ मिटर बनाइएको छ। दशगजा क्षेत्रमा संरचना निर्माणका क्रममा आफूहरुसँग भारतले केही समन्वयन नगरी काम अघि बढाएको उनले बताए ।
दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता छ। भारतले अन्तर्राष्ट्रिय प्रावधानको विपरित गड्डाचौकीमा सिमास्तम्भसम्मै निर्माण गरिएको कालोपत्रे सडक मर्मत गरेको गरेको हो । यो नेपालका लागि निकै पिडादायिक विषय हो । भारतले नेपाल विभिन्न किसिमका आपत्तिमा परेको दाउ छोपेर नेपालको भूमि लुट्ने पक्षमा रहेको छ ।
भारतले उक्त क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली प्रशासनलाई केही कुरा नसोधीकन संरचना निर्माणमा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार भारतले उक्त क्षेत्रमा निमार्ण गरेको सडक पुरानो नै हो मर्मत गरिएको हो । यस विषयमा शसस्त्र प्रहरीलाई उक्त विषयको जानकारी गराउन जिम्मेवारी दिएको उनको भनाइ छ ।
सीमामा दादागिरी शैलिमा अन्तर्राष्ट्रिय मान्यतालाई उल्लघंन गर्दै गतिविधि अघि बढाइरहेको भारतले नेपालतर्फ विभिन्न ठाउँमा सडक निर्माणमा अवरोध पुर्याउँदै आएको छ। भारतीय पक्षले कञ्चनपुरको ब्रह्मदेव, जिमुवा, बेलौरीलगायत क्षेत्रमा विकासको मुख्य पूर्वाधार सडक निर्माणमा अवरोध पुर्याएको छ।
ब्रह्मदेवमा जैविक मार्गअन्तर्गत पर्ने डेढ सय मिटर सडक भारतीय पक्षले सडक निर्माणमा अवरोध जनाएको
छ । केही वर्षअघि भीमदत्त नगरपालिकाले कालोपत्रे गर्न ६० लाख रुपैयाँमा ठेक्का खोलेको थियो। भारतको अवरोधको कारण अहिलेसम्म उक्त काम अगाडी बढ्न सकेको छैन् । भारतीय पक्षको दबाबका कारण ब्रह्मदेव बजार नजिकै पानी जम्ने ठाउँमा कलभर्ट राख्नमा अवरोध सिर्जना भएको छ । भीमदत्त नगरपालिका–९ का अध्यक्ष गगनसिंह कार्कीका अनुसार ‘केहीदिन अघि बोरामा माटो भरेर राख्दा भारतीय पक्षले हस्तक्षप गर्दै हटाईदिएको थियो ।
यस्तै भीमदत्त नगरपालिका–१० जिमुवा चौकी नजिक दशगजा क्षेत्रको सडकमा समेत भारतीय पक्षले ग्राभेलमा अवरोध गरेपछि दक्षिणी क्षेत्र अन्तर्गत पर्ने बेलौरी नगरपालिका–८ पचुईमा पनि भारतीय पक्षले हुलाकी सडक निर्माणमा समेत अवरोध पुगेको छ । हुलाकी सडकअन्तर्गत पचुई–पौलाह जोड्ने १२ सय मिटर सडक निर्माणमा भारतीय पक्षले अवरोध जनाएको छ ।