खेलकुद

क्रिकेट विश्वकपमा आज इङल्याण्ड र नेदरल्याण्डसबीच भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज इङल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदै छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुनेछ ।

जारी विश्वकपमा नेदरल्याण्डसले ७ खेलमा २ खेल जितेको छ र नवौं स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन इङल्याण्डले केवल एक खेल जितेको छ ।

सेमिफाइनलको दौडबाट दुवै देश बाहिरिएको भएपनि दुवैले अंक तालिकामा शिर्ष ८ मा परेर आगामी च्याम्पियन्स लिगका लागि छनौट हुने प्रयास गर्ने छन् । यसका लागि दुवै देशलाई यो खेल जित अत्यावश्यक रहेको छ ।

इङल्याण्ड र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल इङल्याण्डले जितेको छ ।

इङल्याण्डको सम्भावित प्लेइङ ११- जोस बटलर (कप्तान), जोनी बैरस्ट्रव, डविड मलान, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक, लियाम लिभिङस्टोन, क्रिस वोक्स, साम कुरान, अदिल राशिद र मार्क वूड ।

नेदरल्याण्डसको सम्भावित प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *