
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत एसी मिलानले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मिलानले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा राफेल लियो र ओलिभर जिराउडले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि मिलन सक्रिनियरले एक गोल गरेका थिए ।
यो जितपछि समुह एफमा मिलानको ४ खेलमा ५ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै पिएसजीको ४ खेलमा ६ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।