राजनीति

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको २५औं बैठक पार्टी कार्यालय च्यासल ललितपुरमा सुरू भएको छ। जाजरकोट भूकम्पपछिको राहत वितरण र पीडितको व्यवस्थापनलगायतका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष केपी ओलीले प्रदेश अधिवेशनपछि स्थानीय तहका अधिवेशनबारे भइरहेका काम र गर्नुपर्ने निर्णयबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् । एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट