देश

भूकम्पपीडितलाई चीनले पठाएको २८ करोड बराबरको राहत सामग्री गृहमन्त्रीको जिम्मामा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प पीडितका लागि चीन सरकारले जनमुक्ति सेनाको जहाजमार्फत नेपाल पठाएको २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामाग्री बुझेका छन् । जाजरकोट र पश्चिम रुकुममा गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी सयौँले ज्यान गुमाएको र सयाँैले घाइते भएर अस्पतालमा उपचार गराइरहेका र सयौँको बिल्लीबाठ भएको बेला भूकम्पमा परी अलपत्र अवस्थामा रहेका भूकम्पपीडित नागरिकहरुका लागि चीन सरकारले जनमुक्ति सेनाका जहाजमार्फत भूकम्पपीडितका लागि पठाएका २८ करोड नेपाली रुपैयाँ बराबरका राहत सामाग्री नेपाल पठाएपछि गृमन्त्री श्रेष्ठले उक्त सामाग्री बुझेका हुन् । भूकम्पपीडितका लागि चीन सकारले पठाएको राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ समेत पोखरा विमानस्थलमा पुगेका थिए ।

चीनले भूकम्पपीडितहरुका लागि नेपाल पठाएको राहत सामाग्रीमा उच्च गुणस्तरका ४६ सय गोटा कम्बल र कार्यालय नै चलाउन सकिने ६ सय ठूला टेन्ट रहेका छन् । अहिले आपतकालीन अवस्थामा रहेको नेपाललाई सहयोग गर्ने छिमेकी मुलुक चीनलाई नेपालका तर्फबाट नेपाल सरकारले राहतस्वरुप धन्यावाद दिएकाे छ ।

चीनले भूकम्पपीडितका लागि पठाएका राहत सामाग्री अहिले चिनियाँ विमानमार्फ पोखरा आइपुगेका छन् ।चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले भूकम्प प्रभावित जिल्ला रुकुम र जाजरकोट क्षेत्रमा पुर्‍याउने भएको छ।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ।यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *