देश

सामूहिक बलात्कार प्रकरण : कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष जेल

विराटनगर । जिल्ला अदालत मोरङले सामूहिक बलात्कार प्रकरणमा कराँतेका दुई जना प्रशिक्षकलाई ८ वर्ष कैद सजायको फैसला गरेको छ ।

आज (बुधबार) न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरू विराटनगर महानगरपालिका–४ का अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई उक्त सजय सुनाएको हो ।

जबरजस्ती करणीतर्फ जनही ७ वर्ष र सामूहिक करणीतर्फ थप १ वर्ष गरेर ८ वर्ष कैद सजायको फैसला भएको जिल्ला अदालत मोरङले जनाएको छ । साथै सुवेदी र राउत दुवैलाई जनही तीन लाख जरिवान समेत गरिएको छ ।

जबरजस्ती करणी मुद्दामा उनीहरुलाई यसअघि नै अदालतले दोषी ठहर गरिसकेको थियो । आफूलाई विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

उनीहरु दुवै जनालाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *