
काठमाडौँ । ईङल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत खेलमा ईङल्याण्डले नेदरल्याण्डसलाई १६० रनको अन्तरले पराजित गरेको हो ।
ईङल्याण्डले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले ३७.२ ओभरमा अलआउट हुदै १७९ रनमा अलआउट भएको हो ।
यसअघि ईङल्याण्डले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै ३३९ रन बनाएको थियो ।
यो महत्वपूर्ण जितले ईङल्याण्डलाई ठुलो राहत मिलेको छ । यो जितपछि ईङल्याण्डको ८ खेलमा ४ अंक भएको छ र अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ । यो जितले ईङल्याण्डलाई २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुने सम्भावना बढेको छ । यस विश्वकपको लिग चरणको अंक तालिकामा शिर्ष ८ मा रहने टिमले मात्र २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने छ ।
ईङल्याण्ड यस विश्वकपमा सेमिफाइनलको दौडबाट भने यसअघि नै बाहिरिएको थियो । ईङल्याण्डले अब अन्तिम खेलमा पाकिस्तानको सामना गर्ने छ ।
त्यसैगरी नेदरल्याण्डसको यो छैटौं हार हो । ८ खेलमा ४ अंक रहेको नेदरल्याण्डस यो हारपछि अंक तालिकामा पुछारमा पुगेको छ । नेदरल्याण्डसले अब अन्तिम खेल १२ नोभेम्बरमा भारतसँग खेल्ने तालिका रहेको छ ।