खेलकुद

ब्रागालाई हराउदै रियल म्याड्रिड च्याम्पियन्स लिगको राउण्ड १६ मा

काठमाडौँ । रियल म्याड्रिडले पोर्चुगिज क्लब ब्रागालाई पराजित गरेको छ । गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले ब्रागालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए ।

समुह सी मा रहेको रियल म्याड्रिडको यस सिजनको च्याम्पियन्स लिगमा यो लगातार चौथो जित हो ।यो जितपछि ४ खेलमा १२ अंकसहित रियल म्याड्रिड शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रागाको ४ खेलमा ३ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *