खेलकुद

केनको दुई गोलमा बायर्न विजयी, राउण्ड १६ मा छनौट

काठमाडौँ । बायर्न म्युनिखले टर्किस क्लब गालाटासारेलाई पराजित गरेको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह ए को खेलमा बायर्न म्युनिखले गालाटासारेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरेका थिए । केनले खेलको ८० र ८६औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी कहल्को इन्जुरी समयको ९३औं मिनेटमा गालाटासारेका लागि सेडिक बकम्बुले गोल गरेका थिए ।

समुह ए मा रहेको बायर्न म्युनिखको यो लगातार चौथो जित हो । ४ खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै गालाटासारेको भने यो समुहमा दोस्रो हार हो । ४ खेलमा ४ अंक रहेको गालाटासारे समुहमा तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *