काठमाडौं । महोत्तरीको औरही नगरपालिकाबाट एकैसाथ बेपत्ता भएका पाँचजना किशोरी धनुषामा फेला परेका छन् । विदेश जाने भन्दै उनीहरु महोत्तरस्बाट बेपत्ता भएपछि धनुषाको ढल्केवरबाट उनीहरूलाई बिहीबार प्रहरीले फेला पारेको हो ।
वैदेशिक रोजगारी जाने थाहा पाएपछि स्थानीय वासिन्दाले उनीहरुलाई प्रहरीमा जिम्मा लगाएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई सम्पर्कमा ल्याएर इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवं प्रवक्ता दिलीप गिरिका अनुसार महोत्तरी प्रहरीले ती किशोरीहरूलाई ल्याउन इलाका प्रहरी कार्यालय गौशालाको टोली पठाएको थियो ।
सम्पर्कविहीन भएका किशोरीहरू २४ घण्टा बढी समयपछि परिवारको सम्पर्कमा आए पनि स्थानीयको सहयोगमा प्रहरीले आज फेला पारेको हो । जिल्लाको औरही नगरपालिका २ का १६ वर्षीय वसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए । उनीहरुले किन यसरी सक्पर्कबिहीन भएर वेपत्ता भएका हुन् भन्ने यर्थाथवारे पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ।