
काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पबाट प्रभावित नागरिकहरुको उद्धारका लागि राहत स्वरुप सहयोगको आह्वान गरेको छ ।
जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेकाले महासंघले उक्त भूकम्पबाट क्षेति पुगेको सञ्चारमाध्यम र सञ्चारकर्मीसमेतको उद्धारका लागि सहयोगको आह्वान गरेको हो ।
महासंघले बिहीबार एक विज्ञप्ती जारी गर्दै जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलव्ध गराउनका लागि सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चारसंस्थाका साथै इच्छुक व्यक्तिहरूलाई अनुरोध गरेको छ । महासंघले तपसिलको खाता नम्बरमा राहत स्वरुप रकम जम्मा गर्न सक्ने जनाएको छ ।
खातावालाको नाम :Federation of Nepali Journalist
बैंक : प्रभू बैंक
शाखा : सिनामंगल
खाता नं. : ०१८००१९४७०१०००१२
रोसन पुरी
महासचिव