देश

सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस

काठमाडौं।सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय भएको जानकारी दिएकी हुन् ।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *