सम-सामयिक

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । शरीरमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिका सीईओ अजय मिश्रले जानकारी दिए ।

उनको मृत्युको कारण खुलिसकेको छैन । सुर्खेत घर भएकी दीपाशा अविवाहित हुन् । /‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *