
काठमाडौँ । श्रीलंकाले न्यूजील्याण्डविरुद्ध खराब शुरुवात गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकपको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले शुरुको १० ओभरमै आधा टिम गुमाएको छ । १० ओभरमा श्रीलंकाले ५ विकेट गुमाउदै ७४ रन बनाएको छ ।
श्रीलंकाका कुसल परेरा ५१ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए भने टिम साउथी र लुकी फर्गुसनले एक एक विकेट लिए ।
यस खेलको जितले न्यूजील्याण्डलाई सेमिफाइनलका लागि स्थान सुरक्षित गर्ने अवसर दिने छ भने श्रीलंका यो खेल हारेमा २०५ को च्याम्पियन्स ट्रफीमा छनौट हुन असफल हुने छ ।
श्रीलंकाको खराब प्रदर्शनको असर पाकिस्तान र अफगानिस्तानलाई पर्ने देखिएको छ । न्यूजील्याण्डले यो खेल जितेमा पाकिस्तान र अफगानिस्तानको सेमिफाइनलको यात्रा टुंगिनसक्ने देखिएको छ ।