देश

एस्टोनिया पठाई दिने भन्दै ३४ लाख १३ हजार ठगी गर्ने राजेश श्रेष्ठ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा एस्टोनिया पठाई दिने भन्दै ३४ लाख १३ हजार ठगी गर्ने राजेश श्रेष्ठ पक्राउ परेका छन् ।
गोरखा पृथ्वीनारायण न.पा. वडा नं. ०६ स्थायी घर भएका हाल काठमाण्डौ तार्केश्चर न.पा वडा नं. ०१ बस्ने ३५ वर्षीय राजेश श्रेष्ठलाई काठमाडौंँ महानगरपालिका वडा नं –१० नयाँबानेश्वरबाट कार्तिक २२ गते काठडमौं प्रहरीले पक्राउ गरेका हो ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेमा जनक बरालसहित ५ जना रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरी स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *